(१) साविकमा ठेक्का लागि नआएको कुनै नयाँ रकम ठेक्का बन्दोवस्त हुने सम्बन्धमा सूचना प्रकाशित नभए तापनि कसैले कुनै त्यस्तो रकमको ठेक्का लिन इच्छा भए कति अवधिको लागि कति अङ्कमा र कुन शर्तमा लिने हो सो सबै कुरा खुलाई योजना बनाई ठेक्का बन्दोवस्त गर्ने अड्डा, कार्यालय वा अधिकारी कहाँ रीतपूर्वकको निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) अन्तर्गतको निवेदन पर्न आएमा सम्बन्धित अड्डा, कार्यालय वा अधिकारीले सबै तथ्य बुझी सो रकम ठेक्का बन्दोवस्त भएमा नेपाल सरकारलाई विशेष लाभप्रद हुने र जनतालाई पनि विशेष पीर मर्का नपर्ने देखेमा सो रकम ठेक्का बन्दोवस्त गर्नको लागि आवश्यक कारबाही गर्न सक्नेछ ।
(३) उपनियम (१) अन्तर्गतको रकम ठेक्का बन्दोवस्त गर्दा सो रकम बन्दोवस्त सम्बन्धी कारवाहीमा उपनियम (१) अन्तर्गतको निवेदनवाला पनि ऐनको दफा ६ बमोजिम चाहिने डिपोजिट समेत राखी पुन रीतपूर्वक सामेल हुन सक्नेछ ।